म्याग्दी जेसिज को दोस्रो साधारण सभा सम्पन्न !
म्याग्दी जेसिज द्वारा आज मिति २०८२ बैशाख ९ गते मंगलबार तदनुसार 22 April 2025 का दिन सचिवालय मा दोस्रो साधारण सभा सम्पन्न गरिएको छ।
म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज बर्ष-२०२५ का उपाध्यक्ष जेसि सन्दिप खत्री र म्याग्दी जेसिज का पुर्व शाखा अध्यक्ष तथा म्याग्दी जेसिज बर्ष-२०२५ का कानुनी सल्लाहकार जेसि सुमन बानियाँ को उपस्थिति रहेको साधारण सभा लाई शब्द द्वारा स्वागत म्याग्दी जेसिज कि कार्यकारीणि उपाध्यक्ष जेसि डेकमाया के सि ले गरेकि थिईन ! म्याग्दी जेसिज का साधारण सदस्य जेसि मन्जुर कटुवाल ले आस्था पाठ बाचन को अगुवाई गरेका थिए!
सधाराण सभा बाट कार्यकारीणि उपाध्यक्ष जेसि डेकमाया केसि को संयोजकत्वमा " महिला स्लो स्कुटी प्रतियोगीता" , उपाध्यक्ष जेसि प्रतिश श्रेष्ठ को संयोजकत्व मा "पुरुष महिला सटपट प्रतियोगिता" र महासचिव जेसि देवेन्द्र बहादुर घिमिरे को संयोजकत्वमा "फोहोर टिप्ने प्रतियोगिता" संचालन गरिने निर्णय गरिएको छ!