माडी जेसीजका सदस्यले मौलाकालिका अस्पतालमा छुट पाउने

2025-04-24



माडी जेसीजका सदस्यलाई मौलाकालिका अस्पताल प्रा. लि ले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । माडी जेसीज र अस्पताल बिच बिहिबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


माडी जेसीज संस्थामा आवद्ध सदस्यलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष ईश्वर रानाभाटले बताउनुभयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रानाभाटले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संस्था प्रयत्नशिल रहेको बताउदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने मौलाकालिका अस्पताल प्रा. लि लाई आभार व्यक्त गर्नुभयो | कार्यक्रममा मौलाकालिका अस्पताल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक रमेश घिमिरे ज्युले माडी जेसीज सदस्यलाई सेवा सुविधा दिन पाउदा खुशी लागेको बताउदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउदै लैजाने बताउनुभयो ।सहुलियत सुविधा प्राप्त गर्नको लागि माडी जेसीजका सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्ने मौलाकालिका अस्पताल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक रमेश घिमिरे ज्यु जानकारी दिनुभयो । मौलाकालिका अस्पताल प्रा. लि मा संघका सदस्यहरूले बेडचार्ज, ल्यावटेष्ट, इसिजि, इको, एक्सरे लगायतको सेवामा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने संघका बोर्ड सदस्य श्री चुडामणी घिमिरे बताउनुभयो ।

साथै माडी जेसीज का सदस्य अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने मौलाकालिका अस्पताल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक डा. रमेश घिमिरे बताउनुभयो । सम्झौता पत्रमा माडी जेसीजका अध्यक्ष ईश्वर रानाभाट र मौलाकालिका अस्पताल प्रा. लि भरतपुरका प्रवन्ध निर्देशक डा. रमेश घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।हस्ताक्षर समारोहमा माडी जेसीजका कानुनी सल्लाकार जेसी सुनिल गौतम,कोषध्यक्ष जेसी प्रकाश सुवेदी उपाध्यक्ष जेसी उत्तम अधिकारीज्यु को उपस्थित रहेको  थियो ।

JCI News Archive