उर्लाबारी, April 25, 2025
JCI Urlabari ले आज एक विशेष Board र Members Meeting आयोजना गरी World Autism Awareness Month अभियानको समापन योजनाहरु बारे छलफल गर्यो। बैठकमा अभियानको प्रभाव मूल्याङ्कन गरिनुका साथै भविष्यमा अझ समावेशी समाज निर्माणका लागि थप कदम चाल्ने निर्णय गरियो।
बैठकमा Therapy Centers हरुमा भ्रमण गर्ने योजना बनाइयो, जसको माध्यमबाट स्थानीय स्तरमा Autism Support का प्रयासहरूबारे अझ नजिकबाट बुझ्न सकियोस। साथै, Urlabari नगरपालीका सँग भेट गरी autistic बालबालिकाहरूलाई mainstream schools मा समावेश गर्ने सम्बन्धमा पहल गर्ने निर्णय पनि गरियो।
यसै क्रममा, टोलीले Urlabari स्थित चर्चित Akar Foundation मा भ्रमण गरी therapists सँग अन्तरकृया गर्यो, therapy sessions अवलोकन गर्यो र autistic बालबालिकाहरूको दैनिक संघर्ष र प्रगतिबारे सिक्न पायो। यसले स्थानीय स्तरमा neurodiverse व्यक्तिहरूका लागि भइरहेको कामप्रति गहिरो बुझाइ प्रदान गर्यो।
JCI Urlabari का President JC Tika Prasad Bhattarai र EVP JC Ranjeet Shrestha ले आफ्नो मन्तव्य राख्दै अभियानले देखाएको सफलताको प्रसंशा गर्नुभयो। उहाँहरूले यो Autism Awareness Month campaign ले organically 200,000 भन्दा बढी Audience सम्म पुग्न सफल भएको बताउनुभयो, र निरन्तर genuine advocacy र प्रयासहरूले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा पुष्टि गरेको उल्लेख गर्नुभयो।
Campaign Coordinator तथा Vice President JC Milan Pokhrel ले अभियानको यात्राबारे आफ्ना भावना शेयर गर्नुभयो। उहाँले कसरी यो अभियानसँग भावनात्मक रूपमा जोडिनुभएको थियो, कस्तो सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो र अभियानप्रति कस्तो खुसी अनुभूति गर्नुभएको थियो भन्ने कुराहरु व्यक्त गर्नुभयो।
बैठकको अन्त्यमा, April महिना समाप्त भएपछि पनि Autism Awareness र Inclusion का लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरियो।
#AutismAwareness #Neurodiversity #JCIForInclusion #JCIUrlabari