#त्रिभुवननगर_जेसीजद्धारा_साहित्यिक_रसपानसहित_जेसीज_सप्ताह_समापन_कार्यक्रम_सम्पन्न

2025-04-26

त्रिभुवननगर जेसीजले जेसीज सप्ताह–२०२५ को सातौँ दिन साहित्यिक रसपानसहित जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको सातौँ दिन शनिबार बाह्रकुने दह, घोराहीमा सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा संविधान सभा सदस्य माननिय राजु खनालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजकले सप्ताहभरि सम्पन्न भएका कार्यक्रमका संयोजकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान तथा धन्यावाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा.टिकाराम उदासी, JCI India 2025 का Zone 26, Zone Director PR & Marketing रबिन्द्र रेड्डी लक्काम, मातृशाखा नेपालगञ्जका अध्यक्ष जेसी माधव प्रसाद बेलबासे, भातृशाखाहरु लमही जेसीजका अध्यक्ष जेसी रामदिन चौधरी, दाङ महिला जेसीजका अध्यक्ष जेसी अनिता ढकाल, तुलसीपुरनगर जेसीजका अध्यक्ष जेसी सन्दिप भुषाल, छिमेकी शाखाहरु कोहलपुर जेसीजका अध्यक्ष जेसी दिपेन्द्र कठायत, कपिलवस्तु जेसीजका अध्यक्ष जेसी जनक बेलबासे, बुद्धभूमि जेसीजका अध्यक्ष जेसी दुर्गा रिजाल, घोराही उपमहानगरपालिका वडा नं १३का अध्यक्ष डुल्लुराम पोख्रेल, घोराही उपमहानगरपालिका वडा नं १४का निवर्तमान अध्यक्ष शक्तिराम डाँगी, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदी, रोटर क्लब अफ दाङका अध्यक्ष प्रदिप सुबेदी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो । साथै कार्यक्रममा साहित्यकार मनोज थापा मगर, बिक्रम वली (नेपाली बाबु), श्रवण नेपाली, मनिसा गिरी (ऋतु), हरिप्रसाद पौडेल (स्वर्णशिखा), सन्धया रेग्मी, यम रेग्मी, प्रकाश के.सी., दिपक शर्मा शमिर र डा.लोकराज पराजुलीको प्रस्तुती रहेको थियो । कार्यक्रममा JCI India 2025 का Zone 26, Zone Director PR & Marketing रबिन्द्र रेड्डी लक्काम, जेसी रामदिन चौधरी र त्रिभुवननगर जेसीजको BOT का अध्यक्ष नारायण प्रसाद अधिकारीको मन्तव्य रहेको थियो र जेसी अभिषेक बोहरा उत्कृष्ठ सप्ताह कार्यक्रम संयोजकको रुपमा सम्मानित हुनुभएको थियो । त्रिभुवननगर जेसीजको Long Term Projects बारे जेसी रोशन दाहालले प्रकास पार्नुभएको थियो ।सामुहिक जेसीज आस्थापाठ, श्याम कुमार गिरीको जेसीज मिसन तथा भिजन प्रस्तुती र स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

JCI News Archive