लहान सिटी जेसीजले वृक्षारोपण गरि मनाए जन्मदिन ।

2025-04-28

लहान२८ अप्रिल २०२५

लहान सिटी जेसीज वर्ष २०२५का शाखा अध्यक्ष जेसी देवन लाल ठाकुरले आफ्नो जन्मदिनको अवसरमा आफु अध्ययन गरेका श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालयमा वृक्षारोपण गरी जन्मदिन मनाएका छन्र ।

अध्यक्ष ठाकुरले लहान सिटी जेसीज वर्ष २०२५ले आफ्ना सम्पूर्ण बोर्ड पदाधिकारीहरुको जन्मदिन वृक्षारोपण गरि मनाउने योजना रहेको भन्दै यो कार्यक्रम आयोजना गरिएको वहाँले बताउनु भयो । कार्यक्रममा विधालय व्यवस्थापन समिति अध्यक्ष, सदस्यहरु, शिक्षक कर्मचारी, बोर्ड पदाधिकारीहरु, सदस्यहरु लगायत सामासेवी बुद्धिजीवीहरुको उपस्थितमा सम्पन्न कार्यक्रमको अध्यक्षता जेसी देवन लाल ठाकुरले गर्नुभएको थियो भने प्रमुख अतिथि विविस्य अध्यक्ष श्री महेश्वर कुशवाहाज्यू रहनु भएको थियो । विधालय परिसरमा २१ वटा सुपारी, २ वटा तेजपात र २ थान फूल को विरुवा गरि वर्ष २०२५ अवसरमा जम्मा २५ थान विरुवा वृक्षारोपण गर्दै जेसी देवन लाल ठाकुरले वृक्षारोपण कार्यक्रमको उदेश्य, यसको महत्व र वातावरणको संरक्षणमा यसको भूमिका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा विधालयका वरिष्ठ शिक्षक श्री ओम प्रकाश महातोज्यु, वि.वि.स्य. अध्यक्ष महेश्वर कुशवाहाज्यु र सदस्य सलाम अन्सारिज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अन्त्यमा अध्यक्ष जेसी देवन लाल ठाकुरले उपस्थितहरूको सहयोग र सहभागिताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो वृक्षारोपण कार्यक्रमले लहान नगरपालिकामा हरियालीको महत्वलाई उजागर गर्दैस्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ। साथैयसले युवाहरूलाई वातावरणीय मुद्दाहरूमा सचेत गर्ने एक प्रेरणाको रूपमा काम गरेको छ।

लहान सिटी जेसीजले यस किसिमका कार्यक्रमहरू निरन्तर गर्दैआफ्नो सामाजिक जिम्मेवारीलाई निभाउने प्रतिबद्धता जनाएको छ।

JCI News Archive