वालिङ्, २०८१ फागुन १७
वालिङ जेसीज वर्ष २०२५ ले पदाधिकारीहरूकाे प्रथम बोर्ड बैठक कार्यक्रम यही मिति २०२४ जनवरी २९ गते बुधबारका दिन वालिङमा सम्पन्न गरेको छ। वालिङ जेसीजकाे सचिवालय वालिङमा वर्ष २०२५ का अध्यक्ष जेसी संदिप कंडेलको अध्यक्षतामा भएको बैठकमा जेसीज पदाधिकारीहरूको विशेष जिम्मेवारी सहित मनाेनयन र वालिङ जेसीजका आगामी याेजना तथा कार्यक्रमहरू विस्तार गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो। साथै वालिङ जेसीजको अवधारणा अनुरुप वालिङ पिंक सिटी भएको र यही २०८१ फागुन २१ देखि चैत्र ३ गतेसम्म हुन गैरहेको प्रथम पिंक सिटी महोत्सवमा समेत उक्त सहयोगी संस्थाको रुपपमा कार्यगर्नको लागि सहकार्य समेत गर्ने भनी उक्त महोत्सवमा उपाध्यक्ष जेसी सन्तोष रेग्मीको संयोजकत्वमा समिति समेतले कार्य गर्ने भनी निर्णय गरि वालिङ जेसीज वर्ष २०२५ को प्रथम बोर्ड बैठक समापन अध्यक्ष जेसी संदिप कंडेलले गर्नुभएको थियो ।