"मानवताको सेवानै जीवनको सर्बोत्तम कार्य हो" भन्ने जेसीज आस्था लाई आत्मसात् गर्दै आज जेसीज सप्ताह- २०१९ को छैटाैं दिनको कार्यक्रम "खाद्दन्न वितरण कार्यक्रम" सिद्धार्थनगर-८ स्तिथ लुम्बिनी बाल गृहमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९८८ को अध्यक्ष जेसी गौरी शंकर भट्टराईज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जेसीआई सिद्धार्थ लेडी, नेपालका निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो खाद्दन्न वितरण कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष एवम् बर्तमान सल्लाहाकारज्युहरु साथमा जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका बोर्डका साथीहरु, साधारण सदस्यज्युहरु , पर्यवेक्षक सदस्यज्युहरु तथा नन जेसी मित्रहरुले अरहरको दाल, नून, चिनी, फलफुल, सनफ्लावर तेल, तोरीको तेल, नुहाउने साबुन, कपडा धुने साबुन, सर्फ़,जीरा , धनिया, खुर्सानी, दन्त मन्जन, चाउचाउ, बिस्कुट, शैम्पू, मिस्री ,आटा , मच्छरदानी झुल, बिस्ताराको तन्ना, फिनायल गरि लगभग ५० पचास हजार बराबरको खाद्दन्न वितरण गरियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको छैटाैं दिनको कार्यक्रम अन्तर्गत लागु औसध सचेतनामूलक कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ, नेपालका निर्देशक जेसी नरेन्द्र बन्जाडेज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी कुशल कुमार उपाध्यायज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका कोषवृद्धि संयोजक जेसी हरिलाल जयसवालज्यु ले गर्नु भएको थियो ।