मनोहरा जेसीजद्वारा शैक्षिक सप्ताह सम्पन्न

2025-05-02

मनोहरा जेसीज बर्ष २०२५ द्वारा जेसीज शैक्षिक सप्ताह सम्पन्न गरेको छ । "बालबालिकाको शिक्षा उज्ज्वल भबिस्यको रक्षा" भन्ने मुल नाराका साथ जेसि दिपेश तिखत्रीको संयोजकत्वमा २०८२ बैशाख ११ देखि १७ गते सम्म एक हप्ता सम्म विभिन्न शैक्षिक कार्यक्रम गरि शैक्षिक सप्ताह सप्पन्न गतेको हो । सप्ताह अंतरगत विभिन्न विद्यालयहरुमा शिक्षा सचेतना तालिम, विद्यार्थी शिक्षक अन्तरकृया, अभिभावक शिक्षक अन्तरक्रिया, विद्यार्थी भर्ना अभियान सहयोग कार्यक्रम लगाएत कार्यक्रम गरिएको थियो । कार्यक्रमको सुरुवात कागेस्वोरी मनोहरा ९ बाट गरि समापन कागेस्वरी मनोहरा १ गागलफेदि स्थित मणिलिङेस्वर आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्रीहरु बितरण गरि सप्पन्न गरिएको हो। 

शैक्षिक सप्ताह कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५का सचीव जेसि दिपेश तिखत्रीको संयोजकत्वमा सप्ताह  अवधिभर मनोहरा जेसीज बर्ष २०२५ का उपाध्यक्ष जेसि बिबस न्यौपाने,  कृयटिभ युवा संयोजक २०२५ जेसि शैलेन्द्र कुईकेल, शिक्षा संयोजक जेसि सुजन अधिकारी, सदस्यता बृद्धि संयोजक २०२५ जेसि दिपिन खड्का लगाएतको सकृय सहभागी रहेको थियो । कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५का अध्यक्ष जेसि उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

मनोहरा जेसीज शैक्षिक सप्ताह कार्यक्रमले शिक्षक र अभिभाcवक बीचको खाडल पुर्ने काम गरेको छ भने विद्यार्थीहरुलाई विद्यालयमा जान आकर्षण गर्ने,  साथै विद्यार्थीहरुलाई आवस्यक शैक्षिक पुस्तक, स्टेसनारी एवं खेलकुद सामाग्रीले बालबालिकाको सर्वाङिण बिकासमा टेवा पुग्ने उद्धेश्य पुर्ती भएको बिश्वास लिएको छ ।

कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, तथा जेसीज पदाधिकारी तथा सदस्यहरुमा हार्दिक आभार प्रकट गर्दछौ ।





JCI News Archive