दाङ महिला जेसीज को प्रतिवेदन लेखन तालिम सम्पन्न

2025-05-04

मिति २०८२ - १ - २० गते शनिवार दाङ महिला जेसीज को आयोजना मा तालिम निर्देशक जेसी आरधना सिं ठकुरी ज्यु को संयोजकत्व मा अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा परिवार नियोजन संघ दाङका अध्यक्ष श्री भरतराज देवकोटा ज्युको प्रमुख आतिथ्यता एवम् प्रशिक्षण मा मातृशाखा त्रिभूवन नगर जेसीज को सचिवालय मा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ l उक्त तालिम मा उपाध्यक्ष जेसी प्रज्ञा स्वर्णकार ज्यु ले आस्था पाठको अगुवाइ गर्नु भएको थियो । तालिम विभागकी संयोजक पूर्व अध्यक्ष जेसी विमला शर्मा ज्यु ले उक्त तालिम को बारेमा प्रस्ट्याइदिनु भएको थियो भने पूर्व अध्यक्ष निरजा पोख्रेल ज्यु र संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यु ले मन्तव्य दिनु भएको थियो l तालिम को सहजीकरण महासचिव जेसी भिमा डिसी ज्यु ले गर्नु भएको थियो l

JCI News Archive