मिति २०८२/१/१८गते तदानुसार 1May 2025विहिबारको दिन शारदानगर जेसिज द्वारा आयोजित मौलाकालिका अस्पताल को प्रविधिक सहयोगमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत "बृहत स्वास्थ्य शिविर कार्यक्रम "अध्यक्ष जेसि लक्ष्मी के.सि खड्का ज्युको अध्यक्षता एवम प्रमुख अतिथि इच्छाकामना ६ वडा अध्यक्ष आदरणीय समाजसेवी ब्याक्तित्व श्री लक्ष्मण चेपाङ ज्युको प्रमुख आतिथ्यतामा श्री रास्ट्रिय आधारभुत विद्यालय इच्छाकामना ६ कालिखोलामा सम्पन्न भएको थियो भने विशिस्ट अतिथीज्युहरु क्रमशः नेपाल जेसिज वर्ष २०२५का शारदानगर जेसिजका लागि निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सुवास गौतम ज्यु ,शारदानगर जेसिजका पुर्व अध्यक्ष नेपाल जेसिज २००८का रास्ट्रिय उपाध्यक्ष एवम बोर्ड अफ टसटिजका अध्यक्ष जेसि हरिराज अर्याल ज्युको विशेष आतिथ्यता रहेको थियो ।,अतिथि ज्युहरु श्री इश्वरीप्रसाद पाण्डित ज्यु,लगायत मौलाकालिका अस्पतालको टिमहरु र शारदानगर जेसिजका धरोहर आदरणीय पुर्व अध्यक्ष ज्युहरु इच्छाकाममा गाउँपालिका सचीव श्री सुनिता केसी ज्यु ,समाजसेवी आदरणीय ब्याक्तित्व श्री कमल सुवेदी ज्यु र अध्यक्ष ज्युको प्रथम पुरुष श्री राजु खड्का ज्यु र कार्यक्रम सहजीकरण सुमि सिह ज्युको गरिमामय उपस्थिति रहेको थियोे । उक्त शिविर बाट गरिबी भोकमरी र अति नै पिछडिएका चेपाङ आमा ,बुबा,दिदीबहिनी साना बाबू नानू हरु गरि २७३जनाको चेक गरि बिमार अनुसारको औषधि वितरण पनि गरिएको थियो ।यो शिविर शारदानगर जेसिजले बनाएको जेसिज गाउँ मा नै गरिएको थियो ।उक्त शिविरमा मौलाकालिका अस्पतालको सम्पूर्ण टिमहरु र शारदानगर जेसिजका पुर्व अध्यक्ष ज्युहरु बोर्डका पदाधिकारी ज्युहरुको उपस्थिति रहेकोे थियो ।