#त्रिभुवननगर_जेसीज_खुला‌_3x3_बास्केटबल_प्रतियोगिता_सम्पन्न

2025-05-07
त्रिभुवननगर जेसीजको आयोजना तथा बास्केटबल एशोसियसन, दाङको प्राविधिक सहयोगमा २०८२ बैशाख २० गते शनिबार दिपशिखा आ.मा.वि.को खेल मैदानमा सम्पन्न भयो । 3×3 खुला बास्केटबल प्रतियोगिता त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षता, घोराही उपमहानगरपालिका खेलकुद समितिका संयोजक नरेन्द्र पुनको विशिष्ट आतिथ्यता एवम् घोराही उपमहानगरपालिका वडा नं. १५का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बास्केटबल एशोसियसन, दाङका अध्यक्ष बिपिन के.सी., दिपशिखा आ.मा.वि.का प्रधानाध्यापक प्रदीप राजभण्डारी र शैक्षिक संयोजक सन्तोष रेग्मी, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्षहरु विवेक आचार्य, धर्मेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा इमरजिङ्ग फ्लेयरको रुपमा विभान बस्नेत र मस्ट भ्यालुएबल फ्लेयरको रुपमा मन्दिप गिरी पुरस्कृत हुनुभएको थियो । दोस्रो स्थान गुरुकुल एकेडेमी समुहले प्राप्त गर्न सफल भएको थियो जसले नगद रु. ६००० सहित प्रमाणपत्र, मेडल र ट्रफीले पुरुस्कृत भएको थियो । साथै प्रथम स्थान आर.एफ.ए. सिनियर टिमले हासिल गरेको थियो जसले नगद रु. १२,००० सहित प्रमाणपत्र, मेडल र ट्रफीले पुरुस्कृत भएको थियो । कार्यक्रम संयोजक जेसी रन बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।
JCI News Archive