२०८२ वैशाख २३ गते, पर्वत — पर्वत जेसीज परिवार पर्वत जेसीज वर्ष २०२५ का अध्यक्षीय सल्लाहकार गणेश पौडेलको निवासमा आयोजित
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कार्यक्रममा श्रद्धाभावपूर्वक सहभागी
रह्यो । धार्मिक वातावरणमा सम्पन्न यस कार्यक्रमलाई भक्तिभाव, आस्था र समर्पणका साथ
मनाइएको थियो । पर्वत जेसीजका पदाधिकारी, पूर्वपदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको
आत्मीय उपस्थितिले कार्यक्रमलाई अझ भावनात्मक र गरिमामय बनाएको थियो । सहभागी
सदस्यहरूले पूजास्थलमा फूल, प्रसाद, धूप तथा धार्मिक सामग्री
अर्पण गर्दै सल्लाहकार गणेश पौडेल र सम्पूर्ण आयोजक परिवारप्रति आभार र शुभकामना
व्यक्त गरेका थिए ।