गूर्जामा म्याग्दी जेसीजको पहिलो कार्यक्रम, पर्यटन, शिक्षा र यूवा सशक्तीकरणमा सघाउने

2025-05-12

म्याग्दीको धवलागिरी गाउँपालिका-१, गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्धन, युवा सशक्तिकरण कार्यक्रम गरेको छ । जिल्लाको अति विकट मानिने गूर्जामा पर्यटन सूचना बोर्ड स्थापना गरिएको छ ।


यूवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास सँगै पर्यटन प्रर्बधनको क्षेत्रमा समेत सक्रिय रहेको म्याग्दी जेसीजले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी तस्वीर, भिडियो खिचाएर थप प्रचारप्रसारमा सघाउन गाउँको प्रवेशमा रहेको डाँडामा उक्त बोर्ड स्थापना गरिएको शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले बताउनुभयो । सोही अवसरमा स्थानीय युवा क्लबलाई भलिबल, बास्केटवल, जाली, पम्प लगायतका खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेको थियो । जेसीजले लायन्स क्लब अफ बेनी पिस सिटीसंगको सहकार्यमा गुर्जामा रहेको जनकल्याण माविमा रहेको पुस्तकालयको लागि विभिन्न ५ दर्जन पुस्तकहरु समेत उपलब्ध गराएको थियो ।म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष बिरेन्द्र श्रेष्ठले दुर्गम क्षेत्रका विद्यालयमा अगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

THE HIDDEN VILLAGE GURJA

म्याग्दीको लुकेको गाउँ गुजनि पर्यटन बोर्ड स्थापना कार्यक्रम म्याग्दी जेसीज म्याग्दी जेसीजको टोलीले विद्यालयमा मर्मतसम्भार गर्नुपर्ने कम्प्युटरको मर्मत समेत गरेको म्याग्दी जेसीजका महासचिव देबेन्द्र घिमिरेले बताउनुभयो । सोही अवसरमा यूवाहरु लक्षित क्षमता विकास तालिम नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, शाखाका पूर्व अध्यक्षहरु खम थापा, विरेन्द्र श्रेष्ठ, सुमन बानियाँ लगायत म्याग्दी जेसीजका अन्य पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो । वडा अध्यक्ष झक छन्त्यालले धन्यबाद दिनुभयो ।


म्याग्दीमा लुकेको बस्तीको रुपमा चिनिएको गुर्जाको पर्यटन प्रर्बधनमा म्याग्दी जेसीजको यो पहिलो कार्यक्रम हो । शाखा अध्यक्ष घर्ती क्षत्रीले आफ्नो कार्यकालमा दुर्गम क्षेत्रका यूवाहरुलाई समेत जोड्ने गरी खुल्ला सदस्यताका साथै विभिन्न रचनात्मक कार्यहरुलाई प्राथमिकता दिनुभएको छ ।

JCI News Archive