देवघाट, तनहुँ – जेसीआई देवघाटधामले वि.सं. २०८२ को टेबुल क्यालेण्डर विमोचन गरेको छ। देवघाट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न विशेष कार्यक्रममा क्यालेण्डर औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
वडाध्यक्ष कुँवरले क्यालेण्डर विमोचन गर्दै जेसीआई देवघाटधामको योजनाबद्ध, स्पष्ट र उत्तरदायी गतिविधिलाई प्रशंसा गर्दै भने, “योजना र क्यालेण्डरले मात्र संस्थालाई दिशा दिँदैन, यसले स्थानीय तह र समुदायबीचको सहकार्यलाई पनि मजबुत बनाउँछ। यस्ता गतिविधिहरू युवालाई नेतृत्वमा उभ्याउने आधार हुन्।”
कार्यक्रममा जेसीआई देवघाटधामका अध्यक्ष जेसी प्रशन्न ढकालले भने, “वि.सं. २०८२ को यो क्यालेण्डरमार्फत हामीले समावेशी नेतृत्व, नेतृत्व र व्यक्तित्व विकास, उद्यमशिलताको प्रवर्धन, सामाजिक उत्तरदायित्व र सामुदायिक सशक्तिकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिएका छौं। यो क्यालेण्डर हाम्रो प्रतिबद्धताको दस्तावेज हो।”
कार्यक्रममा देवघाटधीम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा, निवर्तमान अध्यक्ष जेसी रघु मल्ल २०२५ का पदाधिकारीहरू, सल्लाहकारहरू तथा संयोजकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विमोचित क्यालेण्डरलाई व्यवहारिक र उद्देश्यपरक भन्दै यसको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरे।
कार्यक्रम देवघाटधामस्थित नमस्ते देवघाट गार्डेन रिसोर्टको सभाकक्षमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।