आज मिति २०८२ जेठ २ गते तदअनुसार १६ मे २०२५ का दिन माडी जेसीजको बार्षिक कार्यक्रम अन्तर्गत माडी जेसीजको आयोजनामा सम्पन्न नगर स्तरीय विद्यालय तह वक्तृत्वकला प्रतियोगिता शिर्षक “समुन्नत समाजका लागी नेतृत्व” जनकल्याण माविकी छात्रा प्रमिसा पौडेल प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। खैरहनी माविका छात्र मतियस महतो द्वितीय र माडी माविका सुरज परियार तृतीय स्थान प्राप्त गर्न सफल भए।
कार्यक्रमको अध्यक्षता माडी जेसीज बर्ष २०२५ अध्यक्ष जेसी ईश्वर रानाभाटले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिका वडा नं ४ का अध्यक्ष माधवप्रसाद चापागाईं रहनुभएको थियो भने खैरहनी माविका प्रधानाध्यापक कुलानन्द भुषाल र माडी जेसीजका संस्थापक अध्यक्ष रुद्र सापकोटा विशिष्ट अतिथिका रुपमा रहनु भएकाे उक्त कार्यक्रममा माडि जेसिजका मानार्थ सदस्य दीपक चापागाईंकाे समेत उपस्थिति थियाे।
मिना छेत्री, उमाकान्त पौडेल र भागिरथ बस्यालले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन माधव बस्नेतले र कार्यक्रम संयोजक माडी जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी हरि लम्सालले संयोजन गर्नुभएको थियो।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा सम्मान गरि समापन गरिएको छ।
जय माडी
जय जेसीज।