#त्रिभुवननगर_जेसीजको_४०औं_स्थापना_दिवस_तथा_दुर्गानारायण_वक्तृत्वकला_प्रतियोगिता_सम्पन्न

2025-05-17
त्रिभुवननगर जेसीजको ४०औं स्थापना दिवस तथा दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता २०२५ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटा, विशिष्ट अतिथि उपाध्यक्ष जेसी मणि प्रसाद आर्याल र घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डे रहेका थिए।
स्थापना दिवसको अवसरमा संस्थाका संस्थापक सदस्यहरू—जेसी गोपाल बहादुर रावत, जेसी लीलाधर शर्मा, श्री पुरुषोत्तम खनाल, जेसी किशोर कुमार शर्मा, जेसी देवीबहादुर डि.सी., जेसी हरिभक्त भण्डारी, जेसी कृष्णप्रसाद लम्साल र जेसी भुपाल योगीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
साथै, दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता २०२५ मा २० विद्यालयको सहभागिता रहेको थियो। प्रथम चरण पार गरेर दोस्रो चरणमा पुगेका ७ प्रतिस्पर्धीमध्ये सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, गुरुकुल एकेडेमीकी यशु बुढाथोकी द्वितीय र मनकामना इङ्गलिस बोर्डिङ स्कुलकी सविना खातुन तृतीय स्थानमा विजयी भएका थिए। विजेताहरुलाई प्रमाणपत्र, नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष ऋषीराज जङ्गली, दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष जेसी अनिता ढकाल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, बुटवल जेसीज अध्यक्ष मोहन सापकोटा, देवदह जेसीज अध्यक्ष दीपक अधिकारी, गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशन सम्पादक सबिन प्रियासन, तथा संस्थापक सदस्य जेसी गोपाल बहादुर रावतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी, कार्यक्रममा छिमेकी शाखाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी संस्थाहरूमा दाङ महिला जेसीज (अध्यक्ष अनिता ढकाल र निवर्तमान अध्यक्ष जुनु बुढा), लमही जेसीज (अध्यक्ष रामदिन चौधरी), सैनामैना जेसीज (अध्यक्ष गोविन्द खरेल), बुद्धभूमि जेसीज (अध्यक्ष दुर्गा रिजाल), भलवारी जेसीज (अध्यक्ष मिन तिवारी), देवदेव जेसीज (अध्यक्ष दीपक अधिकारी), बर्दघाट जेसीज (अध्यक्ष मोहन सापकोटा) र बुटवल जेसीज (अध्यक्ष मोहन न्यौपाने) रहेका थिए।
कार्यक्रम संयोजक जेसी मिनराज भाटको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो भने सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो।
JCI News Archive