मिति २०८२ साल बैशाख ८ गते सोमबारका दिन दमक जेसीजले आफ्नो बार्षिक गतिबिधि तथा कार्यक्रमहरू समेटेर बिक्रम सम्बत २०८२ सालको बार्षिक क्यालेण्डर बिमोचन कार्यक्रम दमक जेसीजको सचिबालयमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि दमक जेसीजका पूर्ब अध्यक्ष तथा BOT अध्यक्ष जेसी गन्ज बहादुर दाहालज्यू , दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी गोबिन्दराज कट्टेलज्यू, जेसी कमल कट्वालज्यू, जेसी मुकेश अग्रवालज्यू, जेसीआई सिनेटर राजकुमार भट्टराईज्यू, जेसीआई सिनेटर मैना दाहालज्यू, जेसीआई सिनेटर बिष्णु पौडेलज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम संयोजन दमक जेसीजका शाखा सम्पादक जेसी सुशान्त निरौंलाले गर्नुभएको थियो भने जेसी बिशाल अधिकारीले जेसीज आस्था बाचन गर्नुभएको थियो, क्यालेण्डर बिमोचन कार्यक्रम नयां बर्षको शुभकामना आदानप्रदान गरी समापन गरियो ।
Sign and Stamp of LOM: Jc Rajendra Bimali
(Secretary General, JCI Damak2025)