२०८२ साल जेष्ठ ३ गते शनिबारका दिन दमक जेसीज, गौरादह जेसीज र कमलनगर जेसीजको संयुक्त आयोजनामा ‘MULTI CHAPTER MEETING PROCEDURE TRAINING’ कार्यक्रम दमक-५ स्थित Three Inn Hotel Restaurant & Bar को सेमिनार हलमा दमक नगरपालिकाका नगरप्रमुख/मेयर आदरणीय राम कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशेष अतिथि नेपाल जेसीज क्षेत्र ‘क’ तालिम संयोजक आदरणीय खड्ग बहादुर थापाज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी कमल कट्वालज्यू, जेसी दिलीप श्रेष्ठज्यू, जेसी गोबिन्दराज कट्टेलज्यू, कमलनगर जेसीजका अध्यक्ष जेसी भीम अधिकारीज्यू, गौरादह जेसीजका अध्यक्ष जेसी दुर्लभ कार्कीज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल जेसीजका National General Legal Counsel 2025 (GLC) आदरणीय सुनिल तिमिल्सिनाज्यूले उपस्थित दमक जेसीज, कमलनगर जेसीज र गौरादह जेसीजका बोर्ड पदाधिकारी तथा सदस्यहरूलाई संसदीय बैठक प्रक्रिया सम्बन्धी तालिम प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रम दमक जेसीजका तालिम निर्देशक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने कोषाध्यक्ष जेसी सरोज ढकालले जेसीज आस्था बाचन गर्नुभएको थियो । यसरी आजको तालिम कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।
Sign and Stamp of LOM: Jc Rajendra Bimali
Secretary General, JCI Damak 2025