शारदानगर जेसिज द्वारा आयिजित स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

2025-05-19

             मिति २०८२/१/२१गते तदानुसार 4May 2025आइतबारको दिन शारदानगर  जेसिज द्वारा आयोजित स्वास्थ्य प्रशिक्षण  कार्यक्रम "अध्यक्ष जेसि लक्ष्मी के.सि खड्का ज्युको अध्यक्षता एवम प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आदरणीय ब्याक्तित्व  श्री दिनेश रुपाखेती  ज्युको प्रमुख आतिथ्यता  सम्पन्न भएको थियो भने  विशिस्ट अतिथि ज्यु हरु जिल्ला जनस्वास्थ्य कार्यालय बाटहाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नुभएका डाक्टरज्यु हरु क्रमश  श्री देवेन्द्र कुमार यादव ,श्री अयोध्या पाठक ज्यु ,श्री गुरु कंडेल ज्यु ,श्री विशाल सिलवाल ज्युको विशेष आतिथ्यता रहेको थियो अतिथि ज्यु हरुमा ह्युमन नेपालका चितवन कोडिनेटर साथै मन चितवन सस्थाका अध्यक्ष  नैना गुरुङ ज्यु ,श्रमिक नेपालका अध्यक्ष श्री सावित्री पौडेल ज्यु र श्रमिक नेपालका सचीव श्री राधा ढवाडि ज्युको गरिमामय उपस्थिति रहेको थियोे । अतिथि ज्युहरुमा विभिन्न महिला समुहका अध्यक्ष एवम प्रतिनिधि ज्युहरु आमा ,दिदीबहिनी ज्युहरु  ,बोर्डका पदाधिकारी ज्युहरु र सदस्य ज्यु हरुको  उपस्थितिमा एवम नसर्न रोगको बारे मा जनचेतना मुलुक तालिम जिल्ला जनस्वास्थ्यको टिमले सम्पूर्ण उपस्थिति ज्युहरुलाई सरल र सहज तरिकाबाट प्रशिक्षणको माध्यम बाटदिई  कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रम   संयोजक अञ्जली बरुवाल  ज्युले गर्नुभएको थियो ।

JCI News Archive