लेखनाथ जेसीजद्वारा बि.बि.एसमा अध्ययनरत विद्यार्थीहरुलाई ब्याक्तित्व बिकास तालिम सम्पन्न ।

2025-05-21

मिति २०८२ साल जेठ  ०७ गते तदनुसार २१ मे  २०२५ का दिन लेखनाथ जेसीजले ब्याक्तित्व बिकास तालिम पोखरा -२७,  स्थित त्रिबेणी इन्टरनेशनल कलेजको सभाहलमा  सम्पन्न भएको छ। लेखनाथ  जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीज्यु को सभाध्यक्षतामा सम्पन्न  तालिमको प्रमुख प्रशिक्षक लेखनाथ जेसीजको मातृ शाखा   पोखरा जेसीज बर्ष १९९४ का अध्यक्ष श्रि नारायण शर्माज्यु रहनु  भएको थियो। तालिममा जेसीज आस्थापाठको अगुवाइ र मिसन भिजन  वाचन लेखनाथ जुनियर जेसीज बर्ष २०२५ की जु.जेसी मिरा पौडेलज्यु ले गर्नु भएको थियो भने स्वागत मन्तव्य  कार्यक्रम संयोजक तथा लेखनाथ    जेसीज बर्ष २०२५का  शाखा सम्पादक जेसी शुशिल ढुंगानाले राख्नुभएको थियो।  कार्यक्रममा शुभकामना मन्तव्य लेखनाथ  जुनियर जेसीज बर्ष २०२५ की अध्यक्ष जु. जेसी शोभा के.सी,   त्रिबेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख यदुराज आचार्यले अतिथीको र प्रमुख प्रशिक्षक  श्रि नारायण शर्माज्युले बिशिस्ट अतिथीको मन्तव्य रख्नु भएको थियोे भने सहभागि को तर्फ बाट आफ्नो अनुभब  स्वच्छन्द आत्रेयज्युले राख्नु भएको थियो । प्रमुख अतिथीको मन्तव्य कार्यक्रमको प्रमुख अतिथि लेखनाथ उधोग वाणिज्य संघको पुर्ब अध्यक्ष, नेपाल उधाेग वाणिज्य महासंघको पुर्व केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका सल्लाहकार  श्रि बाबुराम गिरीज्युले रख्नु भएको थियो ।धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन  लेखनाथ  जेसीज का अध्यक्ष   जेसी कृष्ण तिवारीज्युले गर्नु भएको थियो। लेखनाथ  जेसीज बर्ष २०२५ का महासचिव जेसी सर्बेन्द्र न्यौपानेले तालिम कार्यक्रम  सन्चालन गर्नु भएको कार्यक्रममा करिब ४५ जना  बि.बि.एसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता  रहेको थियो ।

JCI News Archive