JCI Urlabari द्वारा नेपाल जेसीजको “चिया गफ” सफलतापूर्वक सम्पन्न

2025-05-23

२०७९ जेठ ८ गते, नेपाल जेसीजको आयोजना तथा जेसीआई उर्लाबारीको आतिथ्यतामा “चिया गफ”, द भुसेछो उर्लाबारीमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रममा नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष Sen. रजनी थापा, राष्ट्रिय कार्यकारिणी  उपाध्यक्षहरू जेसी गणेश सापकोटा, जेसी सौरभ श्रेष्ठ को उपस्थितिले कार्यक्रमलाई विशेष बनायो।


चिया गफमार्फत नेपाल जेसीजको लक्ष्य, कार्यशैली र समाजमा पार्ने प्रभावबारे महत्वपूर्ण छलफल भयो। जेसीआई उर्लाबारीका अध्यक्ष जेसी टिका प्रसाद भट्टराईले उर्लाबारीको अनुभव, उपलब्धि र भावी योजनाहरूलाई जोशका साथ प्रस्तुत गर्दै स्थानीय स्तरमा भएको सकारात्मक परिवर्तनको चर्चा गर्नुभयो।

कार्यक्रमको सहजीकरण उपाध्यक्ष मिलन पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम उर्लावारी जेसीजका महासचिव जेसी रोशन घिमिरेले सन्चालन गर्नुभएको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, रातुवामाई जेसीजका बोर्ड पदाधीकारीहरु र उर्लाबारी जेसीजका पदाधिकारीहरु लगायत  सक्रिय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले जेसीज मनहरूको आपसी सम्बन्धलाई बलियो बनाउँदै सेवा मार्फत नेतृत्वको भावना पुनः सशक्त बनायो।

JCI News Archive