आज मिति २०८२ - २ - ११ गते आइतवार दाङ महिला जेसीज को आयोजना मा जेसी सरस्वती वली केसी ज्यु को संयोजकत्व मा अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा मातृशाखा त्रिभूवन नगर जेसीज की पूर्व अध्यक्ष तथा नेपाल जेसीज की पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी माया शर्मा ज्यु को प्रमुख आतिथ्यता मा श्री बालमन्दिर आधारभूत विद्यालय घोराही १४ मा वौद्धिक अपाङ्गता भएका विद्यार्थि हरुलाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम को सहजीकरण महासचिव जेसी भिमा डिसी ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रम मा मातृशाखा त्रिभुवननगर जेसीज का अध्यक्ष टंक बहादुर रावत ज्यु ,दाङ महिला जेसीजकी पुर्व अध्यक्ष जेसी निरजा पोख्रेल ज्यु ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यु , विद्यालयका प्रध्यानध्यापक विष्णु भण्डारी ज्यु ले मन्तव्य दिनु भएको थियो । आस्थापाठ को अगुवाइ सदस्य जेसी पिया रोक्का ज्युले गर्नु भएको थियो भने धन्यवाद मन्तव्य कार्यकारीणी उपाध्यक्ष जेसी लक्ष्मी चौधरी ज्यु ले दिनु भएको थियो । विद्यालयमा ३६ जना वौद्धिक अपङ्गता भएका बालवालिका हरु रहेका छन् ।