पर्वत जेसीजले JCI Logo Design Contest मा लोगो पठायो

2025-06-01

पर्वत, जेठ १९  विश्वभरका युवाहरूका लागि सशक्त नेतृत्व र सामाजिक उत्तरदायित्वको प्रवर्द्धन गर्ने संस्था Junior Chamber International (JCI) ले आयोजना गरेको Logo Design Contest मा पर्वत जेसीजले विशेष लोगो डिजाइन पठाएको छ। पर्वत जेसीज २०२५अध्यक्ष जेसी अच्युत पौडेल स्वयंले उक्त लोगो डिजाइन गरेका हुन् । ‘JCI लाई नयाँ, आधुनिक र अर्थपूर्ण पहिचान दिने उद्देश्य सहित आमन्त्रण गरिएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा  जेसीजको लोगो गहिरो विचार, सन्देश र दृश्य सौन्दर्यले भरिएको छ

मनदेखि हेर्दा, JCI को लोगोले एउटा गहिरो भावनात्मक प्रभाव पार्दछ ,जसले मानव मस्तिष्कदेखि मुटुसम्म पुग्ने आत्मिक सन्देश बोकेको छ ।जसले पृथक भूगोल वा पृष्ठभूमिबाट आएका व्यक्तिहरूले साझा उद्देश्यमा सहकार्य गरिरहेको संकेत गर्दछ ।यो पुल को प्रतीक हो  जसले JCI र समाजबीच विचार, संस्कृति र समुदायहरूलाई जोड्ने कार्य गर्दछ।

सन्देश:

यो केवल लोगो होइन, यो एउटा कथा हो   जसले देखाउँछ कसरी युवाहरू नेतृत्व विकास गर्छन्, व्यवसायमा सशक्तता ल्याउँछन्, र समाजमा परिवर्तनकारी भूमिका खेल्छन् साझा मूल्य, सांस्कृतिक सम्मान, र सामाजिक चेतनाको प्रतिनिधित्व गर्ने यो लोगो साँच्चिकै प्रेरणादायक प्रतीक बन्ने अपेक्षा गरिएको छ पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलद्वारा सिर्जना गरिएको यो लोगोले JCI को नयाँ युगको पहिचान बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वासका साथ सहभागीता गरिएको छ ।

JCI News Archive