चक्रघट्टी जेसीजले मनायो '५३ औं विश्व वातावरण दिवस'

2025-06-05

आज मिति २०८२ साल जेष्ठ २२ गते तदनुसार ५ जुन २०२५ बिहिबारका दिन यस Chakraghatti Jaycees वर्ष २०२५ को आयोजनामा, बराहक्षेत्र न.पा., बराहक्षेत्र नगर अस्पताल र रामलाल गोल्छा आखा अस्पताल बिराटनगर सङ्ग समन्वय गरि निर्माणाधीन जेसीज भवन परिसर, बराहक्षेत्र न.पा. को कार्यालय परिसरमा 'वृक्षरोपण तथा सरसफाई' र मोतिया विन्दुको 'नि:शिल्क आँखा शल्यक्रिया शिविर' सम्पन्न गरोयो ।
कार्यक्रममा बराहक्षेत्र न.पा. का नगर प्रमुख तथा चक्रघट्टी जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी Ramesh Karki, उप-प्रमुख नन्द कुमारी राई, बराहक्षेत्र नगर अस्पतालका नि. प्रमुख तथा चक्रघट्टी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी Dibas Bista, वडा न. ६, ७ र ८ का वडा अध्यक्ष क्रमश: उद्दप पोखरेल, कपिल आचार्य र रोशन खड्का, पूर्व अध्यक्ष जेसी मन्जु आचार्य, बोर्डका पदाधिकारी र अन्य महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हामीलाई माया गरेर हाम्रो कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनु भएका तमाम महानुभावहरु प्रती हार्दिक आभार व्यक्त गर्दछौं ।
JCI News Archive