उर्लाबारी, २०८२ जेठ २५ -
नेपाल जेसीजका यस वर्षका उर्लाबारी शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी उज्ज्वल काब्राले जेसी उर्लाबारी शाखाको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। कार्यक्रम महासचिव जेसी रोशन घिमिरेको संचालनमा, शाखा अध्यक्ष जेसी टिका प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भयो।
भ्रमणका क्रममा शाखाका पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरूसँग समसामयिक विषयमा गहन छलफल गरियो। Nepal Jaycees को MIS पोर्टलसँग सम्बन्धित केही प्राविधिक समस्या तथा सुधार आवश्यकताका बारेमा समेत जानकारी गराइयो।
कार्यक्रममा शाखाका उपाध्यक्ष मिलन पोख्रेलले Nepal Jaycees को वेबसाइटमा ट्रेनरहरूको नाम, प्रशिक्षण घण्टा (Training Hours) तथा स्तर (Ranking) स्पष्ट रूपमा सूचीबद्ध हुनुपर्ने प्रस्ताव राख्नुभयो। साथै, शाखा/अध्यायहरूको सक्रियता तथा प्रभावकारिता अनुसार Recognition प्रणाली अझ पारदर्शी र कार्यान्वयनमुखी हुनुपर्नेमा समेत जोड दिनुभयो।
अध्यक्ष जेसी टिका प्रयाद भट्टराईले JCI World बाट कुनैपनि नेपाल जेसीज
या शाखाका परियोजनाहरु Endorsement नहुनु दुखद रहेको र नेपाल जेसीजले आगामी दिनहरुमा यसलाई जोड दिए सबै जेसीज शाखा हरुलाई प्रोत्साहन हुने र JCI ब्राण्ड Value बढाउन मदत पुग्ने जानकारी गराउनु भयो।
कार्यक्रमको अन्त्यमा “मायाको चिनो” साटासाट गर्दै आत्मीयता तथा सहकार्यको भावना प्रकट गरियो। कार्यक्रममा शाखाका पदाधिकारी, सदस्यहरू तथा पूर्वपदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।