२०८२ साल जेष्ठ २५ गते आईतबारका दिन दमक जेसीजको आयोजनामा नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष (दमक जेसीजका लागि निरूपित राष्ट्रिय उपाध्यक्ष ) जेसी उज्जवल काबराज्यूको दमक जेसीजको शाखा भ्रमण कार्यक्रम दमक जेसीजको सचिबालय, दमक-८ झापामा दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न गरियो ।कार्यक्रममा दमक जेसीजका पूर्ब अध्यक्षहरू जेसी कमल कट्वालज्यू, जेसी दिलीप श्रेष्ठज्यू, जेसीआई सिनेटर घनश्याम कोईरालाज्यू, जेसी चन्द्र खत्रीज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारीले स्वागत मन्तब्य राख्नुभयो भने उपाध्यक्ष जेसी सन्ध्या बरालले जेसीज आस्था बाचन गर्नुभएको थियो । यसरी आजको दमक जेसीजका लागि निरूपित राष्ट्रिय उपाध्यक्षज्यूको शाखा भ्रमण कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।
Sign and Stamp of LOM: Jc Rajendra Bimali
Secretary General, JCI Damak 2025