पर्वत, असार २९ – पर्वत जिल्लाको कुश्मा
नगरपालिका–स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल दुर्लुङ
कोटमा सरसफाइ तथा रंगरोगन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । पर्वत जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत
जेसीज वर्ष २०१९ द्वारा स्थापित जेसीज बोर्डमा नयाँ रंगरोगन गर्ने तथा सम्पूर्ण
कोट परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको हो । कार्यक्रमले दृश्य सौन्दर्य वृद्धि
गर्नुका साथै, ऐतिहासिक महत्व बोकेको
दुर्लुङ कोटको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याीउने उद्देश्य राखेको थियो ।
कार्यक्रममा पर्वत जेसीजका पदाधिकारी, सदस्यहरू तथा स्थानीय
युवाहरूको सक्रिय सहभागिता रहेको थियो । पर्वत जेसीज बर्ष २०२५ का अध्यक्ष अच्युत
पौडेलले भने, "हाम्रो अभियान केवल
सरसफाइ वा रंगरोगनमा सीमित छैन, यो हाम्रो इतिहास, हाम्रो पहिचान र हाम्रो संस्कृति प्रतिको सम्मान हो । यस्ता
कार्यक्रमले युवा पुस्तामा जागरूकता बढाउनुका साथै पर्यटकीय सम्भावनाहरूको
संरक्षणमा पनि योगदान गर्छ ।"
उनले आगामी दिनहरूमा अझ व्यापक र प्रभावकारी
सामाजिक अभियानहरू सञ्चालन गरिने जानकारीसमेत दिए । कार्यक्रमका संयोजक जेसी अर्जुन राज पुरी यस्तो
अभियानले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणप्रति
सबल सन्देश दिने विश्वास व्यक्त गरे। उनले यस्ता सकारात्मक कार्यलाई भविष्यमा पनि
निरन्तरता दिइने जानकारी दिए ।