मिती २०८२ साल जेठ २४ गते शुत्रबारका दिन पोखरा जेसीजको सचिवालय पोखरा ११ रानिपौवामा चौथो शुक्रवासरिय प्रवचनमाला कार्यत्रम सम्पन्न भएको छ। पोखरा जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगर ज्युको अध्यक्षतामा कार्यत्रम सन्चालन भएको थियो।कार्यत्रममा जेसीज आस्थापाठ जेसी सरोज पौडेल ज्युले राख्नुभयो भने सम्पुर्णलाई स्वागत मन्तव्य जेसी सन्जय कुमार शर्मा ज्युले राख्नु भयो। कार्यत्रममा प्रमुख अतिथि पोखरा जेसीज बर्ष २०१६ का अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२२ का कानुनि सल्लाहकार जेसी गोविन्द देवकोटा ज्यु रहनुभएको थियो । प्रवचनमाला कार्यत्रममा ६ जना बक्ता को सहभागिता रहेको थियो । पोखरा जेसीज बर्ष २०२५ का साधारण सदस्य जेसी विवेक सापकोटा , अस्थाई सदस्यहरु नवराज बास्तोला , युनिक पराजुली , राजन पोख्रेल , एकराज बराल , विवश गायक बक्ताको रुपमा रहनुभएको थियो । कार्यत्रम सन्चालन प्रवचनमाला संयोजक जेसी मिनाकुमारि थापाले गर्नुभएको थियो । कार्यत्रममा पोखरा जेसीजका सन्चालक समिति सदस्य , साधारण सदस्य एवंम अस्थाई सदस्य ज्युहरुको सक्रिय उपस्थिती रहेको थियो।