मिती २०८२ साल जेठ ३ गते शनिबार पोखरा जेसीजका अध्यक्ष जेसी भाईराज रानामगर ज्युको अध्यक्षतामा जेसिज सप्ताहन्त २०२५ अन्तर्गत पहिलो दिन समुद्घाटन सहित निशुल्क आँखा शिविर कार्यक्रम सन्चालन भयो।कार्यत्रममा प्रमुख अतिथि माछापुच्छ्रे गाउपालिका वडा नं ६ का वडा अध्यक्ष टेकनाथ गौतम रहनुभएको थियो ।
कार्यत्रममा जेसीज आस्था जेसी मिना कुमारि थापाले राख्नुभयो भने स्वागत मन्तब्य जेसी सुजन पोख्रेलले राख्नु भयो । माछापुच्छ्रे गाउपालिका वडानं ५,६ र ८ का वडा बासी लाई लक्षीत गरी आयोजना गरीएको शिविरमा झन्डै ३०० जनाभन्दा वढीले आँखा जाँचगरी आवश्कता अनुसार औषधी र चस्मा सेवा लिनु भएको छ। शिविरमा आँखाँ जाँचको क्रममा देखिएका जटिल समस्या मोतियाविन्दुको अपरेशन गर्नुपर्ने विरामीलाई थप उपचारको लागि हिमालयन आँखा हस्पिटल रिफर गरिएको छ।
निशुल्क आँखा शिविर लाई नविल बैंक लि.को सहयोग र माछापुच्छ्रे गाउपालिका को सहकार्यमा मा सन्चालन गरिएको जेसिज सप्ताहन्त २०२५ लाई डाफे हाउजिङ एण्ड रियल स्टेट कम्पनीले मुख्य प्रयोजन गरेको छ भने अन्य सघ संस्थाले सहयोग गर्नुभएको छ ।