पोखरा जेसीजद्वारा ‘शेयर बजारको विश्लेषण, लगानीका लागि सचेतना कार्यक्रम’ सम्पन्न

2025-06-17

पोखरा ।।
पोखरा जेसीजको आयोजनामा ‘शेयर बजारको विश्लेषण, लगानीका लागि सचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रममा शेयर बजारको पछिल्लो अवस्था, लगानीका सम्भावना र जोखिम व्यवस्थापनका पक्षमा व्यापक छलफल तथा अन्तर्क्रीया सहित प्रश्नोत्तर समेत भएको कार्यक्रममा भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) सँगको सहकार्यमा पोखरा जेसीजले आयोजना गरेको  तथा मिडिया पार्ट्नर रुपमा अर्थसरोकार रहेको थियो ।

कार्यक्रममा जेसी सुजन पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्जय कोइरालाले आस्थापाठ गराएका थिए ।

कार्यक्रमका मुख्य प्रशिक्षक नेपाल जेसीजका पुर्व राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष तथा नेपाल शेयर मार्केटका प्रशिक्षक सुवाश चन्द्र भट्टराईले शेयर बजारको खरिद बिक्रीका आधारभुत विश्लेषण विधि तथा सचेतना सम्बन्धी प्रशिक्षण गराएका थिए । नेपाल क्यापिटल मार्केट एशोसिएसनका सल्लाहकार छोटेलाल रौनियार र भिजन सेक्युरिटिजका कार्यकारी निर्देशक राजकुमार तिमिल्सिनाले समेत प्रशिक्षण सत्रमा आफ्ना विचार तथा अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले कार्यक्रमबाट पोखरामा शेयर बजारप्रति बढ्दो आकर्षणका बीच लगानीकर्तालाई सचेत बनाउने प्रयासस्वरूप उल्लेखनीय योगदान पुर्‍याएको धारणा राखेका थिए । कार्यक्रममा मेघनाथ कुँवरले सहभागीको तर्फबाट फिडब्याक मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरूको  उल्लेखनीय उपस्थित रहेको थियो ।

पोखरा जेसीजका अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेसी रविन पौडेलले गरेका थिए ।

JCI News Archive