JCI Urlabari को सहकार्यमा उर्लाबारी नगरपालीकालाई क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम

2025-06-18

मिति: २०८२ असार ४ गते, बुधबार

स्थान: उर्लाबारी नगरपालिका, मोरङ


उर्लाबारी नगरपालिकाको आयोजना तथा उर्लाबारी जेसीजको प्राविधिक सहकार्यमा, नगरपालिका भित्रका विभिन्न ८० वटा टोल विकास समितिहरूका पदाधिकारीहरूलाई लक्षित गरी दुईदिने “क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ।


तालिम असार २ र ३ गते आयोजित गरिएको थियो, जसको उद्देश्य टोल विकास समितिका पदाधिकारीहरूलाई स्थानीय स्तरमा नेतृत्व, सुशासन, र व्यवस्थापनमा सशक्त बनाउनु रहेको थियो।


यस तालिमको मुख्य विषयवस्तुहरू निम्नानुसार थिए:


  • बैठक सञ्चालनको विधि तथा प्रक्रिया
  • प्रस्तावना लेखन कला
  • मिन्युट लेखन तथा निर्णय पुस्तिका व्यवस्थापन



कार्यक्रममा सहभागि पदाधिकारीहरूलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो, जसले उनीहरूलाई आफ्ना-आफ्ना टोलस्तरका कामलाई अझ प्रभावकारी, पारदर्शी र समावेशी ढंगले सञ्चालन गर्न सघाउनेछ।


उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक उर्लाबारी जेसीज २०२५ का उपाध्यक्ष तथा TOT (Training of Trainers) Graduate जेसी मिलन पोख्रेल रहनुभएको थियो। उहाँले लामो अनुभव र उदाहरणमार्फत प्रशिक्षणलाई जीवित, प्रेरणादायक र जानकारीमूलक बनाउनु भएको थियो।


कार्यक्रमले स्थानीय नेतृत्व विकासमा सशक्त योगदान पुर्‍याउने विश्वास लिइएको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी, आफ्ना टोल विकास समितिलाई अझ उत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।



JCI News Archive