दाङ महिला जेसीज को mentor mentee program ( व्यवसायिक अन्तरक्रिया कार्यक्रम )

2025-06-18

मिति २०८२-३-३ गते  मंगल बार दाङ महिला जेसीज को सप्ताह अन्तर्गत को चौथो कार्यक्रम mentor mentee ( व्यवसायिक अन्तरक्रिया कार्यक्रम ) अध्यक्ष जेसी अनिता ढकाल ज्युको अध्यक्षता मा मातृशाखा त्रिभूवननगर जेसीज को सचिवालय मा प्रमुख वक्ता अल्लो बाट तयारी पोषाक बनाउने पहिलो महिला सँग अन्तरक्रिया गरेर सम्पन्न भएको छ 

संयोजक : जेसी दिपा पुन (उपाध्यक्ष ) 

आस्थापाठ : जेसी माया कुमारी चौधरी (उपाध्यक्ष ) 

प्रमुख वक्ता : प्रेम कुमारी पुन 

मुल संयोजक : जेसी लक्ष्मी घमाल चौधरी (का. उपाध्यक्ष ) 

सहजीकरण : जेसी भिमा डिसी (महासचिव ) 

प्रमुख अतिथी : घोराही उपमहानगर पालिका वडा नः १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे 

दाङ महिला जेसीजले जेसीज सप्ताह २०२५ का अवसरमा मंगलबार त्रिभुवननगर जेसीज सचिवालयमा व्यावसायिक अन्तरक्रिया गरेको छ । महिला जेसीजकी अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा विद्यार्थी, महिला अधिकारकर्मीहरुको उपस्थितीमा व्यावसायिक अन्तरक्रिया गरेको हो ।

सो अवसरमा महिला उद्यमीका रुपमा अल्लो उद्योगमार्फत व्यावसायिक पहिचान बनाउनु भएकी घोराहीकी प्रेमकुमारी पुन मगरसँग अल्लो उद्योग र महिला उद्यमका विषयमा ज्ञानसिन्धु माविमा अध्ययनरत विद्यार्थीहरुको साक्षात्कार गरेका छन् ।

कार्यक्रममा विद्यार्थीलगायत सहभागीहरुले विभिन्न खालका जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुको जिज्ञासा मेटाउँदै महिला उद्यमी पुुनले स्वदेशी उत्पादनको महत्व बुझाउन शुरुका दिनमा गरेको संघर्षको कथा सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका पाण्डेले अध्ययन, अनुसन्धान गरेर मात्रै व्यवसायमा जाँदा सफलता मिल्ने बताउनुभयो । आफ्नो रुचीको क्षेत्र अनुसारको व्यवसायमा जोडिँदा काम गर्न सहज हुने र त्यसले सफलता दिलाउने बताउनुभयो ।

 

सो अवसरमा, त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत अनन्त, दाङ महिला जेसीजका पूर्व अध्यक्षहरु जीवा भुसाल, सुशीला पौडेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिता चौधरी, विद्यार्थीहरु सिष्टता बस्नेत, नन्जिता पाण्डेलगायत बोल्नुभएको थियो । उपाध्यक्ष माया चौधरीको आस्थापाठ एवम् कार्यक्रम संयोजक दिपा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।


JCI News Archive