देवघाट क्षेत्रका सक्रिय युवाहरुको साझा मञ्च देवघाटधाम जेसीजले आफ्नो पाँचौँ स्थापना दिवस विभिन्न कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गरेको छ। पाँच वर्षको सफल यात्रा र योगदानलाई स्मरण गर्दै आयोजित यो विशेष कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जेसीज परिवारका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमका प्रमुख अतिथि देवघाटधाम जेसीजका मानार्थ सदस्य तथा देवघाट गाउँपालिकाका अध्यक्ष श्री तिल बहादुर थापाहुनुहुन्थ्यो। उहाँले देवघाटधाम जेसीजले पाँच वर्षको अवधिमा गरेका कार्यक्रमहरूको उच्च प्रशंसा गर्दै स्थानीय तहसँग सहकार्य गरेर समुदायमुखी गतिविधिमा अझ सशक्त भूमिका खेल्न प्रेरणा दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीज २०२५ का देवघाटधाम जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सुवाश गौतम हुनुहुन्थ्यो। उहाँले जेसी आन्दोलनमार्फत युवामा विकास, दिगोपन र नेतृत्व क्षमताको विस्तार भइरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा, देवघाट गाउँपालिका वडा नं. ५ का वडा सदस्य श्री यम बहादुर मगर, मातृशाखा गीतानगर जेसीज २०२५ का अध्यक्ष जेसी आरोग्य श्रेष्ठ, समर्थन शाखा माडी जेसीज २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट, नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाका सभापति माधव प्रसाद उपाध्याय, तथा देवघाट गाउँपालिकाका पशु तथा मत्स्य विकास शाखाका प्रमुख श्री प्रदीप सापकोटा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा मातृशाखा गीतानगर जेसीजका पदाधिकारी, समर्थन शाखा माडी जेसीजका पदाधिकारी, देवघाटधाम जेसीजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान, केक काट्ने कार्यक्रम, र २०२५ को औपचारिक स्टिकर सार्वजनिक वितरणजस्ता विशेष गतिविधिहरू सञ्चालन गरिएको थियो। यस अवसरमा अतिथिहरुले संस्थाको विगत कार्यप्रति उच्च सराहना गर्दै आगामी दिनमा अझ व्यापक र प्रभावकारी सामाजिक क्रियाकलापको अपेक्षा व्यक्त गरे।
कार्यक्रमको सभापतित्व देवघाटधाम जेसीज २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले गर्नुभएको थियो। उहाँले देवघाटधाम जेसीजको स्थापना कालदेखि हालसम्मको योगदान र आगामी वर्षका योजनाबारे जानकारी दिँदै सबै उपस्थितजन, मातृशाखा, समर्थन शाखा र सहयोगीप्रति कृतज्ञता प्रकट गर्नुभयो।
कार्यक्रमको सशक्त सञ्चालन महासचिव जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो। उहाँले समयको समन्वय, स्वागत र कार्यक्रम प्रबन्धमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।
यस पाँचौँ स्थापना दिवसले संस्थालाई अझ थप प्रेरणा, ऊर्जा र दिगो मार्गदर्शन दिने विश्वास लिइएको छ। देवघाटधाम जेसीजले आगामी दिनहरूमा पनि ‘सेवा, प्रशिक्षण, नेतृत्व र विकास’को मूल मन्त्रलाई आत्मसात गर्दै, स्थानीय स्तरमा उदाहरणीय कार्यहरू गर्दै जाने दृढता व्यक्त गरेको छ।