म्याग्दी जेसिज द्वारा तेस्रो साधारण सभा बेनि नगरपालिका वडा नं.-७ स्थित जेसिज सचिवालय मा सम्पन्न गरिएको छ। शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता मा संचालित साधारण सभा बाट दोश्रो साधारण सभा को निर्णय अनुमोदन सहित सिमा क्षेत्र मा बोर्ड स्थापना कार्यक्रम,विश्व योग दिवस कार्यक्रम, लागू औषध दुर्व्यसन सम्बन्धि कार्यक्रम,आधारभुत तह हस्तलेखन प्रतियोगिता, प्री-इण्डक्सन कार्यक्रम र दोस्रो गणेश घर्ती स्मृति अन्तर मा वि स्तरिय हाँजिरी जवाफ प्रतियोगिता आदि कार्यक्रम हरु संचालन गर्ने निर्णय सहित संयोजक समेत छनौट गरिएको छ।