म्याग्दी जेसिज द्वारा म्याग्दी र बाग्लुङ जिल्ला को सिमा क्षेत्र बेनि नगरपालिका वडा नं. १ रत्नेचौर मा म्याग्दी जिल्ला मा भित्रीने पर्यटक हरु लाई जिल्ला को पर्यटन प्रवर्दन तथा चिनारी को लागि स्वागत बोर्ड स्थापन गरिएको छ।
म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता, बेनि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष टेक बहादुर थापा को प्रमुख आतिथ्यता, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय उपाध्यक्ष जेसि सन्दिप खत्री, पुर्व अध्यक्ष जेसि खम थापा मगर, पुर्व अध्यक्ष तथा म्याग्दी जेसिज का कानुनी सल्लाहकार जेसि सुमन बानियाँ लगायत संचालक समिती का पदाधिकारी तथा सदस्य हरु को उपस्थिति रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक जेसि सुष्मा खत्री को रहेको थियो।