इमाडोल जेसिज काे जेसिज सप्ताह कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रम "Public Speaking Training" सदोबाटो स्थित "Unity Food Cafe " मा आज मिति:२०८२-०३-०७ गते शनिबार काे दिन सफलतापूर्ण सम्पर्ण भएकाे छ। कार्यक्रम काे अध्यक्षता इमाडोल जेसिज वर्ष २०२५ की शाखा अध्यक्ष जेसी सृजना श्रेष्ठ थिए भने प्रशिक्षक जेसी इच्छा गुरुङ थिए।
इमाडोल जेसिज काे निमन्त्रणा सहर्ष स्वीकार गरी क्षेत्र "ख" को प्रस्तावित शाखा इच्क्षाकामना जेसिज का शाखा अध्यक्ष जेसी गोमा लुइटेल, क्षेत्र "ग" काे कपन जेसिज काे शाखा अध्यक्ष जेसी छितेन् भोटे यसै गरि मनोहरा जेसिज का शाखा अध्यक्ष जेसी उमेश भट्टराई काे गरीमामय उपस्थिती थियो।
कार्यक्रममा थानकोट जूनियर जेसिज बाट १३ जना, लुभू जूनियर जेसिज बाट १० जना, बुढानिलकण्ठ जूनियर जेसिज बाट ३ जना, कपन जूनियर जेसिज बाट ३ जना, भक्तपुर लेडी जूनियर जेसिज बाट २ जना थिए भने भक्तपुर जूनियर जेसिज बाट १ सहभागि भएका थिए। यसै गरी काठमाडौं जेसिज बाट ९ जना काे सहभागिता रहेकाे थियाे।
कार्यक्रम सफल बनाउन र सहयोगि भावना लिएर सहयोग गर्न थानकोट जेसिज का वोर्ड पदाधिकारीहरु जेसी दीप महर्जन , रिकेश महर्जन उपस्थीत थिए , किर्तिपुर जेसिज का कानूनी सल्लाहकार जेसि उज्वला महर्जन उपस्थीत थिए र खाँडादेवी जेसिज का महासचिव जेसी बिपिन श्रेष्ठ पनि सहभागि भएका थिए।
यसै गरी सबै भन्दा बढी सहभागी भै थानकोट जूनियर जेसिज पुरस्कृत भएका थिए भने एक मिनेट कुनै एउटा विषयमा बोल्नु पर्ने प्राक्टिकल मा पनि थानकोट जूनियर जेसिज का जुनियर जेसी सलिना श्रेष्ठ प्रथम हुन सफल भएकी थिइन्।
ट्रेनिङ काे लागी हल खाँडादेवी जेसिज का निवर्तमान अध्यक्ष जेसी ओम श्रेष्ठ ले उपलब्ध गराएका थिए।