डडेल्धुरा जेसिज २०२५ को पदस्थापना कार्यक्रम २०८१ माघ ११ गते अमरगढी नगरपालिका ५ तुफानडाडा स्थित निर्माण व्यवसायी संघको सभाहलमा सम्पन्न भएको थियो । बिहान प्रभातफेरीसंगै स्थानीय बाजागाजाकासहित सास्कृतिक कार्यक्रमहरु गरिएका थिए ।
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलको प्रमूख आतिथ्यमा डडेल्धुरा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि लक्ष्मि कुमारी ऐरको अध्यक्षतामा सुरु भई वर्ष २०२५ का लागि जेसि मोहन देउवालाई चैन हस्तान्तरण गरिएको थियो ।