२२ औ धान दिवस तथा दोश्रो लेखनाथ रोपाइ महोत्सवमा लेखनाथ जेसीजद्वारा खुल्ला पुरुष र महिला हिले दौड कार्यक्रम सम्पन्न ।

2025-06-29

"धान वालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने मुल नाराको साथ मिति २०८२ असार १५ गते पोखरा स्थित पोखरा -३० मैदीताल बाँध परिसरमा  पोखरा महानगरपालिका वडा नं ३०को कृषि संजालले संचालन गरेको २२ औ धान दिवस तथा दोश्रो लेखनाथ रोपाइ महोत्सवमा लेखनाथ जेसीजले खुल्ला पुरुष र महिला हिले दौड कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरका प्रमुख आदरणिय धनराज आचार्य ज्यूको प्रमुख अतिथ्यतामा तथा वडा न. ३० का वडा अध्यक्ष आदरणिय दुर्गा प्र सुबेदी को अध्यक्षता संचालन भएको  कार्यक्रममा पुरुष तर्फ १० जना र महिला तर्फ १२ जना सहभागी रहेको थिए । दौड प्रतियोगितामा सहभागी महिला र पुरुष  छुटाछुट्टै प्रथम, द्वित्तिय र तृतीय हुनेलाई लेखनाथ जेसीजले नगद पुरस्कार सहित सम्मान गरेको  थियो ।

JCI News Archive