मनोहरा जेसीज बर्ष २०२५को आयोजना कागेस्वरी मनोहरा नगरपालिकाको सहकार्यमा २०८२ असार १४ र १५ गते दुई दिन महिला नेतृत्व, लैङिक समानता र न्यायीक प्रशिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन कागेस्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्की ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले जेसीजले समाजमा युवाहरुको नेतृत्व विकास गर्ने कार्यमा अहम भूमिका खेलेको बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नगर प्रमुख कार्कीले महिलाहरु अवसरबाट बन्चित रहेको र यस तालिम बाट कसरी अवसर प्राप्त गर्ने, नेतृत्वमा कसरी जाने तथा न्यायिक प्रकृयामा महिलाको भूमिका के हुने भन्ने बारेमा जागरुकताका साथ सिक्ने बिस्वास गर्नु भयो ।
दुई दिन सम्म प्रशिक्षकहरु नेपाल जेसीज बर्ष २०१८ कि कार्यकारिणी उपाध्यक्ष जेसीज रश्मि सिल्पकार, जेसीज बर्ष २०२३कि कार्यकारिणी उपाध्यक्ष जेसीज रश्मि बस्नेत, नेपाल जेसीज बर्ष २०२५ कि उपाध्यक्ष जेसि बबिता पण्डे, बालकोट जेसीज बर्ष २०२४ कि अध्यक्ष जेसि मन्जिला बेलबासे, युरो किड्स हात्तीबनकी पृन्सिपल जेसि बेन्जु कार्की ज्युले महिला नेतृत्व, लैङिक समानता र न्यायीक सचेतनाका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।
कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५ का अध्यक्ष जेसि उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।उद्घाटन कार्यक्रम सस्थाका महासचिव जेसि सक्षम खड्का र जेसि देवाम्स बस्यालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा कागेस्वरी मनोहरा नगरपालिकाका ९ वटै वडा बाट महिला जन प्रतिनिधी, विभिन्न संस्थाका सदस्यहरु, स्थानिय राजनितिक दलका महिला नेतृहरु साथै मनोहरा जेसीजका सदस्यहरु गरि १३२ जनाको सकृय सहभागीता रहेको थियो । समापन कार्यक्रम सस्थाका सस्थापक अध्यक्ष जेसि जगतराज ढुंगानाको प्रमख आतिथ्य तथा अध्यक्ष जेसि उमेश भट्टराईको अध्यक्षता साथै निबर्तमान अध्यक्ष जेसि अस्मिता बोहराको सहजीकरणमा सम्पन्न भएको थियो । तालिम कार्यक्रम मनोहरा जेसीज बर्ष २०२५ कि उपाध्यक्ष जेसि बेन्जु कार्किको सम्योजकत्वमा सम्पन्न भएको छ । कार्यक्रममा मनोहरा जेसीज बर्ष २०२५कि कार्यकरी उपाध्यक्ष जेसि प्रमिला चापागाईं, कोसाध्यक्ष जेऐ प्रसान्त खड्का, सि वाई संयोजक सैलेन्द्र कुईकेल, शिक्षा संयोजक सुजन अधिकारि, कस्मिक कार्की, दिप्ती बस्याल लगाएतको उपस्थिति रहेको थियो ।