असार १७ – पर्वत जिल्लाको अग्रणी संस्था पर्वत जेसीजको वर्ष २०२५ को दोस्रो साधारण सभा मंगलबार साँझ ६ बजे सचिवालय, कुश्मामा अध्यक्ष जेसी अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा पदाधिकारी, पूर्व अध्यक्षज्यूहरू, कानुनी सल्लाहकार, महासचिव, उपाध्यक्षहरू, निर्देशकहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा अद्यक्षीय क्लब अध्यक्ष जेसी निर्मल विश्वकर्मा, पूर्व अध्यक्ष उषा चापागाईं, कानुनी सल्लाहकार अमृत पोखरेल, महासचिव प्रवेशराज पुरी, कार्यकारी उपाध्यक्ष शार्मिला पौडेल र मञ्जु शर्मा, तालिम निर्देशक पदमलाल गौतम, उपाध्यक्ष अर्जुनराज पुरी, पवन श्रेष्ठ, सुजन श्रेष्ठ, पार्वती शर्मा, निर्देशक अजय पोखरेल, गौतम पौडेल,एन्जल कर्मचार्य, सदस्य सुरज श्रेष्ठ, निर्माराज भण्डारी, गणेश गौतम, लक्ष्मण बि.सी.को गरिमामय सहभागिता रहेको थियो।
सभामा पूर्व माइनट अनुमोदन, त्रैमासिक कार्यक्रमको समिक्षा, 7A साइड फुटबल प्रतियोगिता, जेसिज सप्ताह लगायत विविध विषयमा छलफल गर्दै आगामी कार्ययोजना तय गरिएको थियो। अध्यक्ष पौडेलले सुझावहरूलाई संस्थाको भावी योजनामा समावेश गर्दै जेसीजको मूल मर्मअनुसार संस्था सदैव अगाडि बढ्ने प्रतिबद्धता जनाए।