कमलनगर जेसीजद्धारा नेपालको लागि नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम

2025-07-05
कार्यक्रमः नेपालको लागि नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम
मितिः २०८२ साल असार २१ गते, शनिबार (तदनुसार 05, July 2025)
स्थानः केरखा बजार, कमल गाँउपालिका–०३, झापा
कमलनगर जेसीजको आयोजनामा डा. महाविर पूनसँग नेपालको लागि नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, सयोंजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, स्थानिय समाजसेवी, टोलविकास संस्था, बजार व्यवस्थापन समिति उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा डा. महाविर पूनको प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमा अझ बढेको थियो ।
कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०१८ का अध्यक्ष तथा कमल गाँउपालिका वडा नं. ०१ वडा अध्यक्ष जेसी केदार कटुवालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्धेश्य र सन्देशमाथी प्रकाश पार्नुभएको थियो । त्यसैगरि, वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपत्री खनालले डा. महाविर पूनद्धारा लिखित पूस्तक खरिदको शुभारम्भ गर्नुभयो । आफैले सञ्चालन गर्दै आउनुभएको रोज पेन्टस प्रा. लि. उद्योगको स्थलगत अवलोकन तथा निरिक्षणका लागि डा. पूनलाई आग्रह गर्नुका साथै उद्योगका लागि आवश्यक उपकरणहरुको सहजिकरण तथा समन्वयको लागि राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको अपेक्षा पनि व्यक्त गर्नु भयो । औपचारिक कार्यक्रम समापनपश्चात डा. पूनले उद्योगको स्थलगत निरिक्षण समेत गर्नुभयो ।
अन्त्यमा, अध्यक्ष जेसी भिम अधिकारीले कार्यक्रमको सफल व्यवस्थापनमा उल्लेखनिय भूमिका निभाउनु हुने कमलनगर जेसीजका निर्वतमान अध्यक्ष जेसी देविप्रसाद दाहालप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । यस पूण्य कार्यले स्थानिय समुदायमा नवप्रवर्तनको भावना जागृत गर्न र कोष संकलनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्दै कार्यक्रममार्फत करिब १२५ थान पुस्तक पनि विक्रि भएको जानकारी गराउनु भयो ।
जेसी मिलन सापकोटा
महासचिव, वर्ष २०२५
जेसी भिम अधिकारी
अध्यक्ष, वर्ष २०२५
JCI News Archive