टीकापुर जेसिजले मनायो २८औं स्थापना दिवस तथा पाँचौ छात्रवृत्ति वितरण कार्यक्रम

2025-07-06

टीकापुर जेसिजले स्थापनाको २८ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । सन् १९९७ मा स्थापना भएको टीकापुर जेसिजले पाचौं  छात्रवृत्ति  वितरण तथा २८ औं स्थापना दिवस मनाएको हो ।

टीकापुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा दृष्टि  घर्ती मगर र कक्षा ७मा अध्यनरत  छात्र कुशल साेडारीलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।
उनीहरुलाई जेसिजले नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो । 

सोही अवसरमा टीकापुर जेसिजले केक काटेर जेसिजको स्थापना दिवस मनाएको हो । 

JCI News Archive