भैरहवा, १३ भदौ । जेसीआई सिद्धार्थ, नेपाल भैरहवाले स्वर्णजयन्ती महोत्सव मनाउने भएको छ । जेसीजले विभिन्न कार्यक्रम गरेर स्वर्णजयन्ती महोत्सव मनाउन लागेको संस्थाका अध्यक्ष अर्जुन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १४ गते स्वर्णजयन्तीको शुभारम्भ भएर २८ गते समापन गरिनेछ ।
उद्घाटन कार्यक्रमको अवसर पारेर ह्वील चियर र साईकल हस्तान्तरण गर्न लागिएको स्वर्णजयन्ती महोत्सव मूल समारोहका संयोजक तथा पूर्वअध्यक्ष कमल जिसीले जानकारी दिनुभयो ।
उहाँलेभदौ१६ गते जेसीजका छिमेकी शाखाहरुसँग ब्याडमिन्टन प्रतियोगिता, १९ गते मेन्टल हेल्थ एण्ड वेल विईङ्ग सचेतना कार्यक्रम, २१ गते फुटसल प्रतियोगिता, २३ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २५ गते मिनी म्याराथन प्रतियोगिता र २८ गते समापन कार्यक्रम गरिने बताउनुभयो ।
स्वर्णजयन्ती महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वअध्यक्ष डा. शम्भु कुमार गुप्ता, ओम कुमार श्रेष्ठ लगायतले बोल्दै नेतृत्व विकास र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा समेत क्रियाशील जेसीजले ५० वर्षको अवसरमा दुईपटक राष्ट्रिय महाधिवेशन, नेपालका शाखाहरुमध्ये सबैभन्दा पहिले एरिया सम्मेलन लगायतका कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।