वालिङ जेसीजको २२ औँ स्थापना दिवसको अवसरमा

2025-10-13

वालिङ जेसीजको २२ औँ स्थापना दिवसको अवसरमा वालिङ जेसीजको आधिकारीक टि-सर्ट तथा डवल पुरुष ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८२ भाद्र १२ र १३ गते वालिङ जेसीजका अध्यक्ष जेसी संदिप कंडेलकाे अध्यक्षतामा वालिङ नगरपालिका वडा नं‍ १० मा रहेको वालिङ ब्याडमिन्टन हलमा सम्पन्न साे कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय भोजराज अर्यालले ब्यानर वाचन गरि कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो साथै उक्त कार्यक्रममा वालिङ जेसीजका वर्ष २०२५ का अतिरिक्त त्रियाकलाप संयोजक जेसी साजन पंगेनी स्वागत मन्तव्य सहित सम्पूर्ण जेसीजका सदस्य एंव खेलाडीहरुलाइ स्वागत गर्नुभएको थियो साथै जेसी देव बोगटी र जेसी दिपक लम्साल  लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयाेजक जेसी साजन पंगेनी र खेल संयोजक जेसी सुर्य प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष  जेसीज आस्थापाठकाे अगुवाइ उपाध्यक्ष जेसी विष्णु पंगेनीले गर्नुभएको थियोे । वालिङ जेसीजका महासचिव जेसी भानुभक्त आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिले वालिङ जेसीजद्धारा आयोजित वालिङ जेसीजको २२ औँ स्थापना दिवसको अवसरमा वालिङ जेसीजको आधिकारीक टि-सर्ट तथा डवल पुरुष ब्याडमिन्टन प्रतियोगिता कार्यक्रममा वालिङ जेसीजले जिल्ला भित्रका युवाहरुलाइ खेलमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा अन्य कार्यक्रमहरुमा वालिङ जेसीजको सहकार्य अपरिहार्य भएको भन्दै कार्यक्रममा सुभकामना व्यक्त गर्नुभएको थियो भने खेलको समापन अतिथि गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराइले सम्पूर्ण प्रथम द्वितीय तथा सान्त्वना प्रप्त गर्ने खेलाडीहरुलाइ बधाइ तथा सम्मान ब्यक्त गर्दै वालिङ जेसीजको कार्यक्रम सभ्य तथा भव्य भएको भनी समापन अतिथि गुरु प्रसाद भट्टराइ र अध्यक्ष संदिप कंडेलले सम्पूर्ण खेलाडकीहरुलाइ पुरस्कृत गर्नुभएको थियो । साथै वालिङ जेसीजका अध्यक्ष जेसी संदिप कंडेलले उक्त कार्यक्रममा जेसीजले व्यक्तित्व र नेतृत्व विकासमा सदैव क्रियाशील भइ कार्य तथा विभिन्न कार्यक्रमहरु संचालन तथा समन्वय गर्ने भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

JCI News Archive