टीकापुर जेसीज सप्ताह सुरु

2025-10-24

टीकापुर, साउन १२
टीकापुर जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको जेसीज सप्ताह सुरु भएको छ । टीकापुर जेसीज वर्ष २०२५ को आयोजनामा आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । 

जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको उद्घाटन तथा खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै टीकापुर जेसीजका संस्थापक अध्यक्ष जगतबहादुर सिंह रावलले टीकापुर जेसीजले आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम उत्कृष्ट मध्येको एक कार्यक्रम भएको बताएका छन् ।

उनले युवाहरूलाई समाजसँग जोड्नको लागि सप्ताहव्यापी कार्यक्रम महत्त्वपूर्ण रहने बताउँदै युवाहरूको जमघट गराउने ठाउँ पनि भएको बताएका छन् । 

JCI News Archive