टीकापुर जेसीज सप्ताह : विद्यार्थीलाई स्कुल ब्याग वितरण

2025-10-24

टीकापुर, साउन १३
टीकापुर जेसीजले कर्णाली माध्यमिक विद्यालय टीकापुरका विद्यार्थीलाई आज स्कुल ब्याग वितरण गरेको छ । जेसीजले सप्ताह कार्यक्रमको दोस्रो दिन टीकापुर नगरपालिका–१ कर्णाली माध्यमिक विद्यालयमा अध्यनरत गरिब तथा जेहन्दार ४० जना विद्यार्थीलाई हिमालयन लाईफ इन्स्योरेन्सको सहयोगमा स्कुल ब्याग वितरण गरेको हो ।

टीकापुर जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक पदम बहादुर शाहीको अध्यक्षतामा भएको स्कुल ब्याग वितरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर जेसीजका मानार्थ सदस्य पृथ्वीराज ढुङ्गाना रहेका थिए । प्रमुख अतिथि ढुङ्गानाले स्कुल ब्याग वितरण समारोहको अवसरमा बोल्दै कार्यक्रमले विद्यार्थीको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

JCI News Archive