जेसीजद्वारा शैक्षिक सामाग्री वितरण

2025-10-24

टीकापुर १४ साउन 
टीकापुर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टीकापुरमा रहेको शक्ति देवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विद्यालयका बालविकास देखि कक्षा ५ सम्मका एक सय ४८ जना विद्यार्थीलाई सामाग्री वितरण गरेको हाे । जेसीजले विद्यार्थीलाई कपि र पेन्सिल लगायतका सामाग्री वितरण गरेको छ । टीकापुर जेसीजका कानुनी सल्लाहकार कमल राज सुवेदीको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर जेसीजका पूर्वअध्यक्ष नवराज रावलले जेसीजमा सधैं सकारात्मक साेचकाे अभ्यास गराईने बताएका छन् । आज भन्दा झन्डै २३ वर्ष अघि आफु पनि जेसीजकाे नेतृत्वमा रहि आफुलाई सकारात्मक परिवर्तन गर्दै खानेपानीकाे संस्थापक अध्यक्ष भई शक्तिनगर शिविरलाई खानेपानीको पहुँचमा पुर्याउन सफल भएको बताए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद चाैधरीले टीकापुर जेसीजले हरेक वर्ष विद्यालयका लागि कार्यक्रम गरीरहेकाे कुराले विद्यालय परिवार खुशी भएको बताए । बिधालयकि प्रधानाध्यापक पवित्रा कुमारी ढुंगानाले जेसीजले पहिलेका वर्षहरुमा गरेकाे सहयाेग आफ्नो अफिस भित्र उल्लेख रहेकाे र याे वर्ष विद्यार्थीहरुका लागि कुनै कार्यक्रम भए आफ्नो विद्यालयमा आवश्यक भए जेसीजसँग गरेकाे संवाद पश्चात् कार्यक्रम गरेकाेमा विद्यालय, विद्यार्थी र अभिभावक खुशी भएकाे बताइन् ।
जेसीजका अध्यक्ष भरत भण्डारी लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जेसीज सप्ताहका मुल संयाेजक पदम बहादुर शाहीले राखेका थिए भने सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।

JCI News Archive