कृषि उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2025-10-24

टीकापुर १६ साउन 

टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टीकापुर जेसीज सचिवालयमा कृषि उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कृषिमा आबद्ध किसान र कृषि बिग्य बिचको सम्बाद सहित टीकापुर जेसीजले कृषि उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेको हो । 

टीकापुर जेसिजका उपाध्यक्ष एवं कृषि उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रमका संयोजक जेसी सुनिल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सहजिकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए । 

जेसीजका पुर्व अध्यक्ष जेसी आई सेनेटर लक्षमण थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाही र कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए । 

JCI News Archive