जेसीज सांगीतीक साझ कार्यक्रम सम्पन्न

2025-10-24

‘जहाँ कलाकार बाँच्दछ, त्यहीँ संस्कृति फुल्दछ’ भन्ने नाराका साथ टीकापुर जेसीजले जेसीज सांगीतीक साझ कार्यक्रम सम्पन्न गरेको छ।

वडा दशैको अवसरमा स्थानीय कलाकार र परम्परागत कलाको संरक्षणका लागि जहाँ कलाकार बाँच्दछ, त्यहीँ संस्कृति फुल्दछ भन्ने नारासहित

 जेसीज सांगीतीक साझ कार्यक्रम सम्पन्न गरेको हो। यस कार्यक्रको उद्देश्य गाउँदेखि शहरसम्मका सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूको

 सिप र ज्ञानलाई आगामी पुस्तासम्म जोगाउनु हो।

कार्यक्रममा सभाध्यक्ष एव्म टीकापुर जेसिजका अध्यक्ष भरत भण्डारीले स्थानीय कला र संस्कृति राष्ट्रको पहिचानसँग गाँसिएको बताउँदै कलाकारको जीवनस्तर सुधार्न राज्य र समुदाय दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

JCI News Archive