टीकापुर २२ असार
टीकापुर जेसीजको २८ औं स्थापन दिवसको अवसरमा दुईजना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
टीकापुर जेसीज वर्ष २०२१ देखि टीकापुर जेसीजको स्थापना दिवसको दिन पारेर वितरण गरिँदै आएको छ । सोही अनुसार टीकापुर नगरपालिका वडा नं. १ एक स्थित सरस्वती माध्यमिक विद्यालय बनगाउँका कक्षा ७ मा अध्यनरत छात्र कुशल सोडारी र कक्षा ६ मा अध्यनरत छात्रा दृष्टि घर्ती मगरलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा जेसीज वर्ष २०२४ का अध्यक्ष रुपक बहादुर विष्टले जेसीजले विगत पाँच वर्षदेखि आफ्नो स्थापना दिवसको अवसर पारी छात्रवृत्ति कार्यक्रम गर्ने गरेको बताएका छन् । उनले जेसीज सानो सहयोगले भोलिको दिन छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा सरस्वती माध्यमिक विद्यालय सहायक प्रधानाध्यापक मैन बहादुर खड्काले जेसीज भन्ने कुरा विद्यार्थी र विद्यालयका लागि नयाँ शब्द रहेको बताउँदै जेसीजले समाजमा गर्ने कार्यक्रम प्रशंसा योग्य रहेको बताएका बताएका छन्। उनले छात्रवृत्ति प्रदान गराउने जिम्मा विद्यालयलाई दिएको बताउँदै विद्यालयले विद्यार्थीको आर्थिक अवस्थाका साथै विद्यार्थीको पढाई प्रतिको लगावलाई मध्यनजर गरेर विद्यार्थीको नाम सिफारिस गरेको समेत बताए ।
टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्ष्तामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष लिखराम चाैधरीले गरेका थिए भने सञ्चालन कानुनी सल्लाहकार कमल राज सुवेदीले गरेका थिए । उपाध्यक्ष सुनिल चाैधरीले जेसीज आस्था पाठ बाचन गरेका थिए ।